काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको स्वरूप, प्रवृत्ति र शैली समयअनुसार परिवर्तन हुँदै गएको बताएका छन् । उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न आयोगले पनि अनुसन्धान प्रणालीलाई थप वैज्ञानिक, प्रविधिमैत्री र नतिजामुखी बनाउँदै लगेको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को ३६औँ वार्षिक प्रतिवेदन राष्ट्रपति