काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि सडक विभागले सडकलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन थप काम अघि बढाउने भएको छ । सडक विभागका सिडिइ सुरेश पौडेलका अनुसार अहिले सडक सञ्चालनमा आउनु तत्कालीन समाधान मात्रै हो । कृष्णभीरमा माथिल्लो स्लोपबाट पहिरो खस्ने र तल्लो भागमा नदी कटानको जोखिम कायमै रहेकाले दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको