काठमाण्डुु-सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लिमा अधिकारी आचार्यले भोटेकोशी बाढीपछि प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिन प्रतिनिधिसभाबाट ‘आर्थिक पुनर्जागरण तथा पुनर्निर्माणको संकल्प प्रस्ताव’ पारित गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्पछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै अर्थतन्त्र चलायमान बनाउने विशेष कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरिन् । क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण, बीमा दाबीको शीघ्र