कृष्णभीरमा तत्कालीन बाटो खुले पनि दीर्घकालीन सुरक्षाका लागि काम अघि बढाइने

  • बिहीबार १ असो २०८३ ०८:१९ AM
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि सडक विभागले सडकलाई दीर्घकालीन रूपमा सुरक्षित र सञ्चालनयोग्य बनाउने काम अघि बढाउने भएको छ । सडक विभागका सिडिइ सुरेश पौडेलका अनुसार अहिले सडक सञ्चालनमा ल्याउनु तत्कालीन समाधान मात्रै हो । कृष्णभीरको जोखिम स्थायी रूपमा कम गर्न सडकको माथिल्लो भागमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण तथा तल्लो भागमा