काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकार असफल भएको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको बताइन् । उनले ग्यास अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा पनि सरकार जवाफदेही