नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास नपाउँदा जनता समस्यामा परेको र सरकारले त्यसबारे जवाफदेही बन्नुपर्ने बताइन् । सांसद बरालले सरकारलाई बजारमा ग्यासको अभाव हुनुको कारणबारे जवाफ दिन माग गरिन् । उनले बजारमा ग्यास किन नपाइएको, महँगी