जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। त्यसैगरी, प्रधानसेनापति सिग्देलले मित्रराष्ट्र चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले विश्वविद्यालयका गतिविधि तथा