काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.धनञ्जय रेग्मीले जलवायु परिवर्तनका कारण नेपालमा भइरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसँग बलियो रूपमा प्रस्तुत हुन वैज्ञानिक तथ्याङ्कलाई एकीकृत र प्रमाणित गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै रेग्मीले यस्तो बताएका हुन् । नेपालमा विभिन्न सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय संस्थाले गरेका अध्ययन तथा अनुसन्धान पर्याप्त भएपनि ती छरिएर रहेका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको एउटै आधिकारिक र विश्वसनीय तथ्याङ्क प्रस्तुत गर्न कठिनाइ भइरहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घको महासभा तथा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) ... The post जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्याङ्क’ बलियो बनाउन जरुरी छ : सांसद रेग्मी appeared first on Kalika Khabar.