काठमाण्डु– हिन्दुकुश हिमालय क्षेत्रमा बढ्दो हिमाली विपद्को जोखिम, त्यसको निगरानी र पूर्वसूचना प्रणालीबारे छलफल गर्न काठमाण्डुमा अन्तर्राष्ट्रिय शिखर बैठक आयोजना गरिएको छ । नेपाल सरकार र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा बुधबारदेखि जारी बैठकमा नेपालसहित चीन, भारत, भुटान, बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी, हिममण्डल विज्ञ तथा विकास साझेदार संस्थाका ८० भन्दा बढी