इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

  • बिहीबार १ असो २०८३ ०७:३३ AM
इलाम । देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैताका ३५ वर्षीय चालक तीर्थराज बस्नेतको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार दुर्घटनामा बोलेरोले किचेर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।