अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध नै अख्तियारको मुद्दा

  • बिहीबार १ असो २०८३ ०७:४७ AM
सागरनाथ वन विकास परियोजनाको जग्गामा नदीजन्य पदार्थ उत्खनन गर्दा रोयल्टी असुल नगरी राजस्व चुहावट गरेको मुद्दामा अदालतमा प्रतिकूल बकपत्र दिने सरकारी साक्षीविरुद्ध नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अनुसन्धानका क्रममा बयान फेरेपछि रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन् ।