गोरखा । मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको हो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका हुन् । The post मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु appeared first on Kalika Khabar.