काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्री तथा काठमाडौं उपत्यकाका विभिन्न खाद्य व्यवसायको अनुगमन गरेको छ। अनुगमनका क्रममा केही खाद्य व्यवसायमा खाद्य स्वच्छता, भण्डारण, लेबलिङ तथा खाद्य पदार्थको प्रयोगसम्बन्धी कैफियत भेटिएको विभागले जनाएको छ। विभागका अनुसार २०८३ साल भदौ ३१ गते भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराइने राहत खाद्य सामग्रीको निरीक्षण गरिएको थियो। सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा गरिएको अनुगमनका क्रममा सोयाबिन तेल, सनफ्लावर तेल, नमकिन, चिउरा, फुरनदाना, चियापत्ती लगायतका खाद्य सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा राखिएको पाइएको थियो। अनुगमनका क्रममा ती खाद्य ... The post राहत खाद्य सामग्रीदेखि डेरी र होटलसम्म अनुगमन, कैफियत भेटिएका व्यवसायलाई निर्देशन appeared first on Kalika Khabar.