राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्त नहटाइएको मन्त्री गौतमको स्पष्टोक्ति

  • बिहीबार १ असो २०८३ ०६:३० AM
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेशी सिद्धान्तलाई कायम राखिएको स्पष्ट पारेकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकमा समावेशी सिद्धान्तलाई अंगीकार गरिएको बताएकी हुन् । विधेयकमा ‘मापदण्डको आधारमा’ भन्ने शब्दावलीको सट्टा ‘मापदण्डबमोजिम