अस्ट्रेलिया गएका ज्यादातर विद्यार्थीले परिवार लान नपाउने, भिजिटर र विद्यार्थी भिसामा अंकुश

  • बिहीबार १ असो २०८३ ०६:४८ AM
काठमाडौं । अस्ट्रेलिया सरकारले आप्रवासन प्रणालीलाई थप कडाइ गर्ने नयाँ नीति घोषणा गरेको छ । भिसाको म्याद सकिएपछि पनि बसिरहने, एउटा अस्थायी भिसाबाट अर्कोमा पटक–पटक परिवर्तन गर्ने र अध्यागमन प्रणालीको कमजोरीबाट फाइदा लिने प्रवृत्ति रोक्न सरकारले नयाँ नियम ल्याउन लागेको हो । गृह मामिला मन्त्री टोनी बर्कले क्यानबेरास्थित नेसनल प्रेस क्लबमा बोल्दै नयाँ आप्रवासन सुधारबारे