रौतहट । सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लाको हो । अन्तरजातीय विवाह गरेको भन्दै पूर्णियाका एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन् । पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले छोरी रियाको पुतला बनाएर गाउँलेको उपस्थितिमा शवयात्रा निकालेका हुन् । त्यसपछि हिन्दू परम्पराअनुसार श्मशानमा पुतलालाई मुखाग्नि दिइएको बताइएको छ । बीए पहिलो वर्षमा अध्ययनरत रिया गत सेप्टेम्बर ८ मा आफूभन्दा फरक जातका एक युवकसँग घरबाट हिँडेकी थिइन् । छोरी सम्पर्कविहीन भएपछि उनका बाबुले अपहरणको उजुरी दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा ... The post अन्तरजातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार appeared first on Kalika Khabar.