काठमाण्डु–सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकले बोनस शेयरसँगै नगद लाभांशसमेत वितरण गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको असोज १ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार शेयरधनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद