काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा भोटेकोशीमा आएको विपद्ले नेपालले पछिल्ला दशकमा अघि बढाउँदै आएको समृद्धिको विकास अवधारणामाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी छलफलका क्रममा बोल्दै मन्त्री खनालले हिमाली क्षेत्रमा बढ्दो विपद्को जोखिमलाई नेपालको समग्र विकास योजनासँग जोडेर हेर्नुपर्ने बताएका