ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनलगायत विविध विषयमा बैठकमा छलफल हुने बताइएको छ ।