काठमाडौँ। आश्विन सङ्क्रान्तिका अवसरमा कालिगड तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाउँदै छन्। कलकारखाना, उद्योग तथा विभिन्न कार्यस्थलमा विश्वकर्माको तस्बिर तथा मूर्ति स्थापना गरी आफ्ना औजार, मेसिन र सवारीसाधनको पूजा गर्ने चलन छ। औजार तथा यन्त्रको पूजा गरेमा काममा सफलता मिल्ने, औजार लामो समय टिक्ने र कामका क्रममा