काठमाण्डु – भोटेकोसी बाढीले नुवाकोटको देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि त्यहाँ एक्रो ब्रिज निर्माण गरिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार तादी खोलामा नेपाली सेनाले छोटो समयमै ६० मिटर लामो एक्रो ब्रिज निर्माण गरेको हो। नुवाकोटको विदुर–५ देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको इन्जिनियरिङ समूहबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज निर्माण गरेको हो। बिहीबार अपरेशन कमाण्डर