काठमाडौं । चालू आर्थिक वर्षको सुरुवाती दुई महिनामा सरकारको पुँजीगत खर्च निकै सुस्त देखिएको छ । भदौ ३० गतेसम्म सरकारले पुँजीगत बजेटको १.६८ प्रतिशत मात्रै खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सरकारले पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । तर, भदौ