सडकको समस्या रिपोर्ट गर्न ‘सडक सुझाव’ एप सञ्चालनमा

  • बिहीबार १ असो २०८३ ०४:४८ AM
काठमाडौं । सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । डिभिजनले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूलाई एपबारे जानकारी गराउँदै यसको प्रयोग र सुविधाबारे ब्रिफिङ गरेको हो । सडक डिभिजन काठमाडौंका प्रमुख सुवोधकुमार देवकोटाका अनुसार एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक