काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार बिहीबारदेखि उक्त सडकखण्डमा दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको हो । गत २२ भदौदेखि तुइन खोलामा खसिरहने पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य गर्न उक्त सडकखण्ड आंशिक रूपमा बन्द गरिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भई बिहीबारदेखि सवारीसाधन सञ्चालनमा आएपछि