कर्णाली प्रदेशका पूर्वमन्त्री शाहीकाे निधन

  • बिहीबार १ असो २०८३ ०३:२६ AM
सुर्खेत । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीकाे निधन भएको छ। पारिवारिक स्रोतका अनुसार, बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनलाई हृदयाघात भएको थियो । दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिकाकाे बुडेली निवासी शाहीले ‎२०३६ को जनमत सङ्ग्रहमा निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निभाएका थिए। २००६ सालमा जन्मिएका शाही कांग्रेस दैलेखकाे राजनीतिका अग्रणी नेता हुन्। कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेटेपछि कांग्रेसको राजनीति सुरु गरेका थिए उनले। बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत भएका शाही विभिन्न समयमा गरी ९ पटक ... The post कर्णाली प्रदेशका पूर्वमन्त्री शाहीकाे निधन appeared first on Kalika Khabar.