चट्याङको ठूलो आवाजपछि हृदयाघात, झापामा एक जनाको मृत्यु
बिहीबार १ असो २०८३ ०३:४१ AM
झापा : झापामा गएराति हावाहुरी र वर्षासँगै आएको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर एक जनाको मृत्यु भएको छ। कनकाई नगरपालिका–८ मा बस्दै आएका सोमनाथ अधिकारीको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो।