अमेरिकी फेडरल रिजर्भद्वारा तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर वृद्धि

  • बिहीबार १ असो २०८३ ०३:३६ AM
एजेन्सी । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले लगातार उच्च रहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक प्रमुख ब्याजदर बढाएको छ । फेडरल रिजर्भको फेडरल ओपन मार्केट कमिटीले बुधवार संघीय कोषको ब्याजदरको लक्ष्य दायरा ०.२५ प्रतिशत बिन्दुले बढाएर ३.७५ प्रतिशतदेखि ४ प्रतिशत कायम गरेको हो। फेडका अनुसार निर्णय सर्वसम्मत रूपमा १२–० मतले भएको