काठमाडौं । जलवायु परिवर्तन, जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा सङ्कट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी व्यतित गरेको पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गरेका छन् । उनले भारतको राजस्थान नेवाइस्थित डा के एन मोदी विश्वविद्यालयबाट ‘विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)’ विषयमा हालै सो विद्यावारिधि हासिल गरेका हुन् । डा अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र