अर्थमन्त्री वाग्ले भारत प्रस्थान

  • बिहीबार १ असो २०८३ ०२:३१ AM
काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान काठमाण्डुबाट नयाँदिल्ली प्रस्थान गेका हुन्। अर्थमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रालयले जनाएको छ