काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान ७ बजेर ३५ मिनेटको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ । यस्तो छ भ्रमण