नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै आन्तरिक शक्ति समीकरण तीव्र रूपमा बदलिन थालेको छ। पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहमा रहेका नेताहरूले धमाधम कित्ता परिवर्तन गर्न थालेपछि कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण बन्न थालेको छ। पछिल्लो समय देउवा समूहबाट ठूलो संख्यामा नेता बाहिरिएका छन्। हालै देउवाको साथ छाड्नेमा महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्रराज पाण्डे,