मानव अधिकारसम्बन्धी समन्वय समितिको सदस्यमा अधिवक्ता भक्तबहादुर विश्वकर्मा मनोनीत

  • बिहीबार १ असो २०८३ ०७:२१ AM
काठमाडौँ। सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन समन्वय समितिको सदस्यमा अधिवक्ता भक्तबहादुर विश्वकर्मालाई मनोनीत गरेको छ।  मन्त्रिपरिषद्को २६ भदौमा बसेको बैठकले अधिवक्ता विश्वकर्मालाई समन्वय समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ का स्थायी बासिन्दा विश्वकर्मा हाल काठमाडौँमा रहेर सामाजिक तथा मानव अधिकारको क्षेत्रमा क्रियाशील छन्। मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना आर्थिक वर्ष २०८३/०८४-२०८७/०८८) हाल कार्यान्वयनको चरणमा छ।  उक्त कार्ययोजना कार्यान्वयनको सुनिश्चितताका लागि सरकारले कार्ययोजनाको ४