सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै नयाँ ग्राहकका लागि सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता सार्वजनिक गरेको छ। बैंकका अनुसार असोज १ गतेदेखि मंसिर २९ गतेसम्म सिद्धार्थ एनपीएल क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकले निश्चित सर्त पूरा गरेमा आजीवन निःशुल्क क्रेडिट कार्ड सुविधा पाउनेछन्। योजनाअन्तर्गत कार्ड जारी गर्दा पहिलो वर्षको वार्षिक