विजयनगरमा स्वच्छ चुलो अभियान तीव्र, ७ सय ३९ घरमा पुग्यो आधुनिक चुलो

  • बुधबार ३१ भौ २०८३ ०३:०६ PM
विजयनगर, ३१ भदौ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले परम्परागत दाउरा र धुवाँयुक्त चुलोको प्रयोग घटाउँदै स्वच्छ ऊर्जामा आधारित आधुनिक भान्सा प्रवर्द्धन गर्न अभियान सञ्चालन गरेको छ । ‘स्वच्छ चुलो, आधुनिक भान्सा’ अभियानअन्तर्गत गाउँपालिकाले सुधारिएको फलामे चुलो र विद्युतीय चुलो वितरणलाई तीव्रता दिएको हो । अभियानमार्फत गाउँपालिकाका सबै वडाका घरपरिवारलाई स्वच्छ, सुरक्षित र धुवाँरहित भान्साको पहुँचमा पुर्‍याउने