कपिलवस्तु, ३१ भदौ । बाणगंगा नगरपालिका–११ मा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरिएको छ । नयाँ भवन सञ्चालनमा आएसँगै वडाको प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थित र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ । नगर प्रमुख चक्रपाणी अर्यालले नवनिर्मित भवनको उद्घाटन गर्दै स्थानीय तहको सेवा नागरिकको घरदैलोनजिक पुर्याउन भौतिक पूर्वाधारसँगै प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको बताए ।