काठमाडाैं । व्यवसायी शंकरलाल अग्रवाल धरौटीमा रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले उच्च अदालतको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको हो । बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने उच्चको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए ।