काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् । रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी संघका पदाधिकारीहरूले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई चेक हस्तान्तरण