मनाङ । हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ । नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले आज दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि नसकिएको जानकारी दिए । “माथिबाट चट्टान बीच सडकमा