काठमाडौँ। नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका दुवै कार्यक्रमका लागि भदौ ३० गतेदेखि आवेदन खुला गरेको हो। इच्छुक आवेदकले आगामी असोज २६ गते (१२ अक्टोबर २०२६) सम्म आवेदन दिन सक्नेछन्। १८ वर्ष उमेर पूरा भएका नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ। छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ। बैंकका अनुसार महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत ... The post नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला appeared first on Kalika Khabar.