मन्त्रिपरिषद् बैठकका निर्णय: कालीप्रसाद पराजुलीसहित ४ जना विशिष्ट श्रेणीमा बढुवा

  • बुधबार ३१ भौ २०८३ १२:३८ PM
काठमाडौं । सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीसहित चार जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले नेपाल न्याय सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका