काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीज्यूले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्दताका लागि आभार व्यक्त गरेका थिए