काठमाण्डु – सरकारले सरकारी निर्णय प्रक्रियालाई सरलीकरण तथा डिजिटल बनाउनेदेखि सूचीकरण भएका निकायको हित नि:सर्गबाट प्राप्त लाभमा अग्रिम करको दर निर्धारण, कर्मचारी बढुवा तथा राहत कोष सञ्चालन सम्बन्धी विभिन्न निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेको छ । यससँगै सरकारी निर्णय प्रक्रिया