श्रममन्त्री यादवसँग नेपालका लागि कतारका राजदूत मिशालको भेटवार्ता

  • बुधबार ३१ भौ २०८३ १२:५० PM
काठमाण्डु – युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल–अन्सारीबिच बुधबार द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा तथा नेपाल–कतार श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । मन्त्री यादवले नेपाली श्रमिकको सीप विकास, सीप अनुसारको रोजगारी र पारदर्शी