बारा । बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालय बारामा मंगलबार सञ्चारकर्मीसँग आयोजित परिचयात्मक भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले लागूऔषध नियन्त्रण, तस्करी नियन्त्रण तथा मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योगमाथि आवश्यक कानुनी कारबाही गर्ने बताएका छन्। जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए। नागरिकका समस्या तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनले जनाए। भेटघाटका क्रममा सञ्चारकर्मीहरूले जिल्ला प्रशासन ... The post बाराका नवआगन्तुक प्रजिअ अधिकारीको प्रतिबद्धता : शान्ति सुरक्षा, सुशासन र तस्करी नियन्त्रणमा जोड appeared first on Kalika Khabar.