जग्गाधनी पुर्जा वितरण विगतका आयोगले गरेको कामको परिणाम हो: शंकर पोखरेल

  • बुधबार ३१ भौ २०८३ ११:२४ AM
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५ औँ स्थापना दिवस एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले यस्तो दाबी गरेका हुन्। विगतका आयोगले नापजाँच, कित्ताकाट र कागजात व्यवस्थापन गरी निर्णयको अन्तिम चरणमा पुर्याएका कामको परिणामस्वरूप अहिले पुर्जा वितरण भइरहेको उनले बताए। सामाजिक सञ्जालमा सरकारले नै नयाँ रूपमा पुर्जा वितरण गरेको प्रचार भइरहेको भन्दै विगतका आयोगले गरेको कामको परिणाम हो भनेर स्वीकार गर्न सरकार तयार नभएको ... The post जग्गाधनी पुर्जा वितरण विगतका आयोगले गरेको कामको परिणाम हो: शंकर पोखरेल appeared first on Kalika Khabar.