मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जाका लागि समझदारी

  • बुधबार ३१ भौ २०८३ १२:११ PM
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच आवास तथा अपार्टमेन्ट खरिदका लागि सहज कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज बनाउने उद्देश्यले बैंक र रेसिडेन्सिजबीच उक्त समझदारी भएको हो। सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गर्ने योग्य ग्राहकले बेस रेटमा ०.२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यस्तो कर्जाको अधिकतम ... The post मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जाका लागि समझदारी appeared first on Kalika Khabar.