काठमाडौँ। कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको वार्षिक साधारणसभा भदौ ३१ गते बुधबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो। बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश तथा साधारण शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू ... The post कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभाबाट १५ प्रतिशत नगद लाभांश पारित appeared first on Kalika Khabar.