काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहंकारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै राईले रसुवाको भोटेकोशी बाढीपीडितको पुनर्स्थापना र नागरिकको पुनर्निर्माणका लागि तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरे । बाढीबाट घर तथा आफन्त गुमाएका नागरिकको पुनर्स्थापना कहिले र कहाँ हुन्छ