राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

  • बुधबार ३१ भौ २०८३ ११:१७ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले सङ्घीय संसद्का बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।