अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने तयारी गरेको छ । विभागले अध्यागमन सेवालाई थप सरल, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था अघि बढाएको हो । विभागले ‘Department of Immigration’ नामक मोबाइल एप सञ्चालनमा ल्याइसकेको छ । एपमा विदेशी नागरिकले आफ्नो राहदानी विवरण